+
+
Shares

कर्ण मल्लसहितलाई पार्टीमा फर्किन डडेलधुरा कांग्रेसको आग्रह

नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्लसहितलाई नेपाली कांग्रेसमै फर्किन आह्वान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले कर्ण मल्ल, करुणाकर भट्ट, हरिप्रसाद भट्ट र भरत नेपालीलाई कांग्रेसमा फर्किन आह्वान गरेका छन् ।
  • डडेलधुरा कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबै मतदातालाई मतदानमा सक्रिय भाग लिन र पार्टीलाई समर्थन गर्न आग्रह गरेको छ।
  • सभापति साउदले उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन सबै नेतालाई सक्रिय भूमिका खेल्न भनेका छन्।

१० फागुन, काठमाडौं । नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्लसहितलाई नेपाली कांग्रेसमै फर्किन आह्वान गरिएको छ ।

तत्कालीन डडेलधुरा कांग्रेसका सभापतिसमेत रहेका उनलाई कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले विज्ञप्ति जारी गर्दै मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील सदस्यलाई नेपाली कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन आग्रह गरिएको छ ।

यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुन लाग्दा नेपाली कांग्रेस डडेल्धुराले सबै मतदातालाई सक्रिय रूपमा मतदानमा भाग लिन र पार्टीलाई समर्थन गर्न आह्वान पनि गरेको छ ।

जिल्ला सभापति साउदले प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन ती सबै नेतालाई सक्रिय भूमिका खेल्न आग्रह पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?