+
+

थाइल्याण्ड महिला एसिया कप क्रिकेटको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १२:४८

२५ असोज, काठमाडौं । थाइल्याण्ड महिला एसिया कप क्रिकेटमा पहिलो पटक सेमिफाइनलमामा पुगेको छ ।

बंगलादेशमा भइरहेको प्रतियोगिता घरेलु टोली र युएईबीचको खेल वर्षाका कारण रद्द भएपछि थाइल्याण्ड शीर्ष चारमा रहेर सेमिफाइनल पुगेको हो । युएई विरुद्ध अंक बाँड्नु परेपछि साविक विजेता तथा आयोजक बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ ।

सात राष्ट्र सहभागी प्रतियोगितामा थाइल्याण्डले तीन खेल जित्दै ६ अंक जोडेर चौथो स्थान पक्का गर्‍यो । आयोजक बंगलादेशले ५ अंक मात्र जोड्यो । थाइल्याण्डले युएई र मलेसियासहित बलियो टिम पाकिस्तानलाई हराएको थियो ।

बंगलादेशलाई शीर्ष चारमा रहेर सेमिफाइनल पुग्न युएईलाई हराउनुपर्ने थियो । तर वर्षका कारण खेल हुन नसकेपछि बंगलादेश अभागी बन्यो । थाइल्याण्डका लागि कप्तान नारुएमोल चाइवाईसँगै नानापात कोन्चारोएन्काई र नाथकान चान्थामले ब्याटिङमा राम्रो प्रदर्शन गरेका छन् ।

बलिङमा बायाँ हाते स्पीनर थिपात्चा पुथवङ सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमा छिन् । उनले अहिलेसम्म ८ विकेट लिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?