
काठमाडौं । नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सञ्चालन गरेको विश्व कप–२०२२ लाई लक्षित गरी ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको टेस्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको छ ।
कम्पनीका अनुसार शेरबहादुर जिसी र हस्तमाया गुरुङ ‘हुन्डाइ टेस्ट ड्राइभ, वाच लाइभ फिफा वर्ल्डकप २०२२’ को विजेता घोषित भएका हुन् ।
११ अक्टोबरमा गरिएको लक्की ड्र मार्फत विजेता बनेका जिसी र गुरुङले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुन्डाइ नेपालले व्यहोर्ने कम्पनीले बताएको छ ।
यस योजनामा सहभागी जनाउन १९ जुलाइदेखि ३० सेप्टेम्बरसम्म नेपालभर रहेका हुन्डाइको १७ वटा शोरुमहरुबाट कुनै पनि हुण्डाई गाडीको टेस्ट ड्राइभ गरी आफूलाई रजिष्टर गर्नुपर्ने थियो ।
फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्य सहितको यस क्याम्पेन लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4