+
+

प्लाटिनम क्लबका बाउन्सरमाथि सोह्रखुट्टेमा खुकुरी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १९:०२

२५ असोज, काठमाडौं । दरबारमार्गको प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि मंगलबार विहान काठमाडौंको सोह्रखुट्टेमा खुकुरी प्रहार भएको छ ।

ड्युटी सकेर घर फर्किँदै गरेका नितेश राई र छिरिङ लामालाई मंगलबार विहान ४ बजे सोह्रखुट्टेमा मोटरसाइकल रोकेर ७÷८ जनाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट नितेशको खुट्टामा र छिरिङको टाउकोमा चोट लागेको छ । उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार खुकुरी प्रहार भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको र संलग्नहरुको खोजी सुरु गरिएको छ ।

उक्त क्लबमा केही महिनाअघि बाउन्सरहरु नितेश र छिरिङसहितले एक समूहमाथि कुटपिट गरेको थियो ।

प्रहरी स्रोतका अनुसार पछि कुटपिटमा परेका समूह नै पक्राउ परेका थिए । सोही समूहले नितेश र छिरिङसँग बदला लिएको हुन सक्ने एक प्रहरी अधिकृत बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?