
२६ असोज, गुल्मी । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि गुल्मीमा ४ जना उम्मेदवारले उम्मेदवारी लिएका छन् ।
क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल, निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश सभा (क) मा किरण शाह (ख) मा रामचन्द्र कंडेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा (ख) का स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर अर्यालले पनि आफनो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुल्मी जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा गरी ६ जना निर्वाचित प्रतिनिधिका लागि ६२ जनाले उम्मेदवारी परेको छ ।
प्रतिनिधि सभाको क्षेत्रनम्वर–१ मा १० जना प्रदेश सभा (क) मा १० र (ख) मा ११ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । गुल्मी प्रतिनिधि सभा २ मा १३ जना, प्रदेश सभा (क) मा १० जना (ख) मा ८ जना को उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4