
२७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिभर्ज बैंक (आरबीआई) का गभर्नर शक्तिकान्त दासबीच भेटवार्ता भएको छ ।
अमेरिकामा भइरहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा भाग लिन अमेरिका पुगेका गभर्नर अधिकारी र भारतीय केन्द्रीय बैंकका गभर्नरबीच छलफल भएको हो ।
भेटका क्रममा क्षेत्रीय अर्थतन्त्र, मौद्रिक विषय, डिजिटलाइजेसन, भुक्तानी प्रणाली व्यवस्थापन, सीमा व्यापार, रेमिट्यानस लगायतका विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4