+
+

प्रधानमन्त्री देउवाले बर्खास्त गरे जसपाका चार मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते २१:०३

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।

सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । तर मन्त्रीहरूले भने राजीनामा दिएका थिएनन् ।

सत्ता गठबन्धनका नेताहरूले जसपाका मन्त्रीहरू हटाउनुपर्ने पक्षमा थिए ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चार वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।

श्रेष्ठ सरकारमा पार्टीको नेतृत्व गर्दै असोज २०७८ मा मन्त्री बनेका थिए भने इस्तियाक, प्रदीप र मृगेन्द्रकुमार २० असारमा मात्र मन्त्री बनेका थिए ।

 

हेर्नुस् राष्ट्रपति कार्यालयको वक्तव्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?