+

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई अर्को स्वर्ण

२०७९ असोज  २८ गते १२:०० २०७९ असोज २८ गते १२:००
नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई अर्को स्वर्ण

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले स्वर्ण पदक जितेको छ ।

एपिएफले वागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो ।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त बुझाए ।

फेन्सिङको पदक तालिकामा वागमती प्रदेश शीर्ष स्थानमा छ । वागमतीले ४ स्वर्ण, २ रजत सहित ६ पदक जितेको छ । त्यसैगरी आर्मीले ३ स्वर्ण, ५ रजत र ७ कास्य सहित १५ पदक प्राप्त गरेको छ ।

सशस्त्र प्रहरी २ स्वर्ण, ३ रजत र ६ कास्य सहित ११ पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम १ स्वर्ण, २ कास्यसहित ३ पदकसहित चौथो, प्रदेश १ ले ३ कास्यसहित पाँचौ र २ काश्य जितेको गण्डकी प्रदेश पदक तालिकाको पुछारमा छ ।

 

फेन्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय