+
+

आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १९:१०

२८ असोज, काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस सम्बन्धी सूचना शुक्रबारको राजपत्रमा प्रकाशित भएको छ । सूचनासँगै प्रतिबन्ध निरन्तरताले आधिकारिकता पाएको छ ।

ढुकुटीमा विदेशी मुद्राको सञ्चिति माथिको दबाव कायमै रहेको अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको रायपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिन सिफारिस गरेको थियो ।

अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल तथा जीप, कार र भ्यानको आयातको प्रतिबन्ध २९ मंसिरसम्म कायम रहनेछ ।

सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।

उक्त प्रतिबन्धलाई थप कडाई गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।

हेर्नुहोस् राजपत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?