+
+

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दा भएको खर्च कांग्रेसले ब्यहोर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १८:०६
फाइल तस्वीर

२८, असोज, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दा भएको खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ ।

सरकारी निवासमा बैठक बस्दा राज्यको ढुकुटी प्रयोग भएको भन्दै आलोचना हुँदै आएको थियो ।

पछिल्लो समय तालमेलका लागि निरन्तर बैठक बालुवाटारमा बस्दै आएको थियो । कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले कांग्रेसले खर्च बेहोर्नुपर्ने प्रस्ताव राखेका थिए ।

‘सरकारी निवासमा गठबन्धनको बैठक बस्दा राज्यको खर्च भएको । बाहिर आलोचना भएको छ’, थापाले राखेको प्रस्ताव बारे सहभागी एक नेताले भने, ‘उहाँले प्रस्ताव राखेपछि प्रधानमन्त्रीले सहमति जनाउनुभएको छ ।’

ती बैठकहरुका भएको खर्चको बिल केन्द्रीय कार्यालयमा पेश गरी रकम चुक्ता गरिने भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, जनमोर्चाका नेता सम्मिलित कार्यदलको बैठक विगत दुई महिनादेखि बालुवाटार बस्दै आएको थियो । तालमेलका लागि भागवण्डामा कार्यदलमा सहमति हुन नसकेका क्षेत्र शीर्ष तहका नेताका बैठकले टुंगाएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादनको बैठकले घोषणापत्रलाई अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?