
१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याराथनको स्पर्धा मंगलबार सम्पन्न भयो । अन्तर्राष्ट्रिय मान्यताप्राप्त रुटमा पहिलोपल्ट आयोजित प्रतियोगिताको पुरुषतर्फ भारतीय सेनामा कार्यरत गण्डकी प्रदेश टिमका अनिष थापामगरले स्वर्ण जित्दा महिलातर्फ एफीएफकी विन्द्रा धन्के श्रेष्ठ देशार च्याम्पियन बनिन् ।
एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनर (एम्स)का प्रतिनिधिले गत महिना निर्धारण गरेको आधिकारिक रुटलाई पहिलोपल्ट नवौं खेलकुदमा प्रयोग गरिएको थियो ।
पोखरा रंगशालाबाट सुरु भएर पृथ्वीचोक, विरौटा, ड्यामसाइटड, लेकसाइड, हल्लनचोक, जिरोकिलो, हेम्जा, मूलपानी टोलबाट फर्किएर हेम्जा, जिलो किलो, सृजना चोक, पृथ्वी चोक हुँदै पुनः पोखरा रंगशाला आएर समाप्त भएको थियो ।
पुरुषतर्फको विजेता अनिषले आफूलाई रुट उत्कृष्ट लागेको बताउँदा महिलातर्फकी स्वर्ण विजेता विन्द्राले कठिन लागेको बताइन् ।
अनिषले स्वर्ण जित्ने क्रममा २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा दूरी पूरा गरे । विन्द्राले सोही दूरीका लागि २ घण्टा ५७ मिनेट २३ सेकेण्डको समय खर्चिइन् ।
म्याराथन रुटमा पर्ने लेकसाइड, हेम्जालगायतका मनमोहक स्थानबाट खिचिएका केही तस्वीर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4