+
+

नेपाल एयरलाइन्सले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई तिर्‍यो ७३ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १३:०५

१ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता बापतको रकम तिरेको छ ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको निगमले जनाएको छ । नागरिक लगानी कोषको हकमा वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपैयाँ तिरेको छ । दुवैलाई गरी कुल ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता बापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

विगत तीन वर्षदेखि निगमले सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न सकेको थिएन ।

नियमित उडान, अकुपेन्सी दरमा सुधारबाट आम्दानीमा वृद्धि भएपछि निगमले ऋण तिर्न थालेको हो । यसअघि निगमले गत ३० असारमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता बापतको १ अर्ब ३५ करोड रुपैयाँ पनि भुक्तानी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?