+
+

एकीकृत समाजवादीले भन्यो : डडेलधुरामा बीपी कांग्रेससँगको तालमेल तोड्नू

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १९:५०
डडेल्धुरामा कांग्रेस बीपीसँग तालमेल गरेर प्रदेशसभामा उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेता तारा जोशी ।

१ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बीपी कांग्रेससँग गरेको तालमेल तोड्न डडेलधुरा कमिटीलाई निर्देशन दिएको छ ।

केन्द्रमा भएको सहमति विपरीत डडेलधुरा प्रदेश सभा (ख) मा डा. ताराप्रसाद जोशीले उम्मेदवारी दिएका थिए । जिल्ला कमिटीले बीपी कांग्रेससँग तालमेल गरेको थियो ।  यो सहमतिअनुसार एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका कांग्रेस बीपीका कर्ण मल्ललाई र प्रदेशसभा (ख) मा बीपी कांग्रेसले जोशीलाई सघाउनुपर्ने हुन्थ्यो ।

तर एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन केन्द्रीय सदस्य जोशीलाई निर्देशन दिएका छन् । साथै जिल्ला अध्यक्ष कविन्द्र विष्टलाई पार्टी निर्णय विपरीत काम नगर्न निर्देशन दिएका छन् ।

महासचिव भुसालले भने, ‘पार्टी केन्द्रको अनुमति नलिई तालमेल गरिएको छ, त्यो तोड्न भनेका हौं ।’ केन्द्रीय सदस्य जोशी र अध्यक्ष विष्टले केन्द्रको निर्णय पालना नभए पार्टीको जिम्मेवारीबाट स्वतः मुक्त हुने भुसालले बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?