
६ कात्तिक, काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । ४ कात्तिक शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६ रुपैयाँको १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । यस्तै लाभांशमा लाग्ने कर प्रयाजनार्थ समेत ०.९८ प्रतिशत नगद लाभांश गरी बैंकले कुल १०.९८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4