+
+

नेपाल प्रहरीका कुकुरको खेल कौशल (तस्वीरसहित)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ कात्तिक ७ गते ११:४०

७ कात्तिक, काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज सोमबार कुकुर पूजा । इमान्दारपूर्वक सुरक्षामा खटिने कुकुरको मीठो खानेकुरा खान दिनुका साथै फूलमाला लगाइदिएर पूजा गरिएको छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

कुकुरले घरको सुरक्षामात्रै होइन, गोठालाको साथी पनि हो । प्रहरीलाई अपराध अनुसन्धानमा समेत कुकुरले साथ दिइरहेका छन् ।

प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ । प्रहरीसँग सात प्रजातिका ९५ कुकुर छन् ।

नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागुऔषधसम्बन्धी काम गर्ने पाँच, अपराधीको खोजी गर्ने पाँच, विपद् व्यवस्थापन सम्बन्धी १६ र तालिमरत सात गरी ३८ कुकुर रहेका छन् ।

कुकुर तिहारको दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको पूजा गर्ने गर्छ । महाराजगञ्जस्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुरको विशेष पूजा र कुकुरका विभिन्न खेल देखाउने गरिन्छ ।

हेर्नुहोस् तस्वीरहरू    

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?