+
+

‘प्रेमगीत ३’ टिमले बालगृहका बालबालिकासँग मनायो तिहार, एक वर्षसम्मको स्कुल शुल्क सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १४:२७

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ टिमले काठमाडौंको बुढानीलकण्ठस्थित बालगृह महासंघका बालबालिकासँग सफलताको खुसी साटेको छ ।

तिहारको लक्ष्मीपूजाको दिनको अवसर पारेर अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ, निर्माता तथा निर्देशक सन्तोषलगायत प्रेमगीत ३ को टिम बालगृह पुगेको हो । बालगृहका ५५ जना बालबालिकासँग प्रेमगीत टिमले देउसी-भैलो खेल्दै खाना खुवाउने कार्यक्रम गर्‍यो ।

सोही अजसर पारेर निर्माता सेनले बालगृहमा रहेका ५५ जना बालबालिको एक वर्षसम्मको स्कुल शुल्क, उनीहरुलाई लत्ताकपडा, सिरक-डस्ना समेत प्रदान गरे । यसैगरी आशुसेन फिल्म्सले बालगृहको जीर्ण भवनको मर्मतसम्भार तथा रंगरोगन गरिदिएको पनि बताए ।

निर्माता सेनले विज्ञप्तिमा भनेका छन्, ‘यो उत्सव कुनै फाइभस्टार होटलको भन्दा कम महसुस थिएन । बालगृह महासंघको भवन जीर्ण अवस्थामा थियो, हाम्रो टिमले घरलाई मर्मतसम्भार गरेर रंगरोगन गरेर उज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुसी प्राप्त भएको थियो, सायद फाइभस्टार होटलमा सेलिब्रेट गर्दा यो खुसी पाइँदैनथ्यो । स्वर्गीय लेखक तथा निर्देशक दाइ छेतेन गुरुङलाई यो समय असाध्यै सम्झना गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?