
७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकका दुई प्रतिद्वन्दी नेता अग्नि सापकोटा र मोहन बस्नेतले आगमी चुनावमा मिलेर जाने प्रतिवद्धता जनाएका छन् । सोमबार काठमाडौंमा दुई नेताहरुबीच ‘वान टु वान’ छलफलपछि उनीहरुले मिलेर जाने प्रतिवद्धता जनाएका हुन् ।
२०७४ सालमा निर्वाचनमा सापकोटा र बस्नेतबीचको प्रतिस्पर्धामा सापकोटा निर्वाचित भएका थिए । तर उनीहरुबीच हार्दिक सम्बन्ध थिएन । उनीहरुबीचको विवादकै कारण गत वैशाखमा भएको स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनले राम्रो नतिजा ल्याउन नसकेको सिन्धुपाल्चोकका नेताहरु बताउँछन् ।
४ मंसिरको प्रतिनिधिसभा चुनावका लागि भने सापकोटाले युवालाई अबसर दिने भन्दै चुनाव नलड्ने घोषणा गरे भने बस्नेत गठबन्धनभित्रको भागबन्डाका कारण यसअघिको क्षेत्र सिन्धुपाल्चोक-१ छाडेर सिन्धुपाल्चोक–२ मा गए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4