+
+

एमालेले चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्ने, एकैदिन ३ जिल्लामा आमसभा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते १२:४४

८ कात्तिक, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर एमालेले देशव्यापी चुनावी अभियान त्रिदेशीय सीमा नाकामा अवस्थित दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले कात्तिक १८ गते पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अभियानकाे थालनी गर्ने जानकारी दिए ।

उनका अनुसार हेलिकप्टरमार्फत दार्चुला पुगेर ओलीले सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बाेधन गरेर चुनावी अभियान थालनी भएकाे घाेषणा गर्नेछन् ।

ओली सरकारकाे पालामा भारतले अतिक्रमण गरेकाे लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर जारी गरेकाे चुच्चे नक्सा सार्वजनिक गरिएको थियाे । अहिले यहाँबाटै अभियान सुरू गरिनुलाई आफ्नो सरकारकाे पालामा अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेकाे मुद्दालाई एमालेले याे चुनावमा सशक्त रूपमा उठाउने भनेर अर्थ लगाउन थालिएकाे छ ।

प्रदेश सचिव पाठक पनि एमाले सरकारकाे पालामा चुच्चे नक्सा जारी भएकाे र अब एमाले नेतृत्वकै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने दाबी गर्छन् ।

उनकाअनुसार १८ कात्तिक दार्चुलाबाट अभियान थालनी गरेपछि ओलीले साेही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयाेजना हुने चुनावी आमसभालाई सम्बाेधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?