
१० कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।
भक्तपुरको बालकोटस्थित निवासमा ११ बजेर ३७ मिनेटको साइतमा ओलीलाई विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेल भाइटीका लगाइ दिएका हुन् ।
उनीहरुले टिका लगाइदिएपछि ओलीले पनि उनीहरुलाई टिका लगाइदिएका छन् । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ।
दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पंचरंगी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइँदै छ ।
टीकापछि पत्रकारसित कुरा गर्दै एमालेका अध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताए । हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘हाम्रा चाढपर्व अत्यन्त महत्वपूर्ण छन् । मलाई पनि विभिन्न ठाउँबाट मेरा दिदीबहिनीहरु आएर टीका लगाइदिनुभएको छ । मैले पनि टीका लगाइदिएको छु । आज भाइटीकाको दिन हुँदैन थियो भने दिदीबहिनीहरुसँग यस्तो भेटघाट हुँदैन थियो । यो भेटघाट भाईटीकाको कारणले सम्भव छ । चाडहरु विशेष अर्थ र महत्वका हुन्छन् । यो पनि विशेष अर्थ र महत्वको छ । यिनीहरुको संरक्षण र सही अर्थको सदुपयोग गर्न जरुरी छ ।’
प्रतिक्रिया 4