+
+

बालगृहका बालबालिकाले लगाए एक आपसमा भाइटीका

रासस रासस
२०७९ कात्तिक १० गते १५:३९

१० कात्तिक, तनहुँ । तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् ।

तिहारको पाँचौं दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् ।

आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ । बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए ।

‘दुई जना बालिकाले छ जनालाई बालकलाई भाइटीका लगाइदिएका छन्, तिहार मनाउन पाउँदा बालबालिका खुशी छन्,’ उनले भने, ‘बालगृहमा रहेका बालबालिकाले प्रत्येक वर्ष यही भाइटीका मनाउँदै आएका छन् ।’

बालगृहमा भिमादका चार जना, ऋषिङका दुई जना, व्यासका एक जना र बाराका एक जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये पाँच जनाको बुबाआमा छैनन् । विभिन्न सङ्घसंस्था, व्यक्तिको जन्मदिनलगायतमा गरिने सहयोगबाट बालगृह सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?