+
+

बारामा महिलालाई आक्रमण गर्ने जंगली हात्तीको दाह्रा काटियो

सुरेश बिडारी सुरेश बिडारी
२०७९ कात्तिक ११ गते १९:५९
हात्तीको दाह्रा निकाल्दै प्राविधिकहरु । तस्वीर सौजन्य : पर्सा राष्ट्रिय निकुञ्ज

११ कात्तिक, वीरगञ्ज । बाराको अमलेखगञ्जमा देखिएको जंगली हात्तीको दुवै दाह्रा काटेर जंगलमा छोडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा, चितवनको प्राविधिक सहयोगमा हात्तीको दुवै दाह्रा काटिएको हो ।

हात्ती अनियन्त्रित हुँदै गएको र धनजनको थप क्षति पुर्‍याउन सक्ने भएकाले दाह्रा काटेर जंगलमा छोडिएको पर्सा राष्ट्रिय निकुञ्जका कायम मुकायम प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिए ।

‘दाह्रा काटिदिएपछि हात्तीहरु अलि कमजोर हुन्छन् र प्रायः त्यो ठाउँबाट भाग्ने पनि गर्छन्’, उनले भने ‘त्यसैले दाह्रा काटेर जंगलमा छोडेका हौं ।’

उनले फर्केर आउन पनि सक्ने भएकोले गस्ती जारी राखिएको बताए । उनका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा करिब २ अघि पूर्व तर्फबाट सर्लाही, रौतहट, बाराको टाँगिया बस्ती हुँदै तीन वटा भाले जंगली हात्ती राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका थिए ।

तीमध्ये २ वटा जंगली हात्ती हलखोरिया, टाँगियाबस्ती तथा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १३ र १४ मा विचरण गर्ने गरेको छ भने एउटा जंगली हात्ती २० दिनदेखि अमलेखगञ्ज, आधाभार तथा पथलैया स्थित निकुञ्ज अन्तर्गत रहेको अमलेश्वर मध्यवर्ती समितिको क्षेत्रमा घुमिरहेको थियो ।

सोही क्रममा उक्त हात्तीले बिहीबार निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत नेपाल आयल निगमको पार्किङ क्षेत्र नजिकै जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २१ बस्ने ५१ वर्षीया रुकैया खातुनलाई आक्रमण गरेको थियो ।

बाख्रा चराउँदै गरेकी उनलाई दिउँसो पौने ३ बजेतिर हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । उद्दार गरेर सिमरा स्थित अल्पाइन मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको थियो ।

महिलालाई आक्रमण गरेर जंगलतिर पसेको हात्ती राति पूनः हात्तीसार आइपुगेको थियो । जंगली भाले हात्ती हात्तीसारमा रहेका पोथी हात्तीसँग संसर्गका लागि पनि आउने गर्छन् । हात्तीसारमा आएको मौका छोपेर बिहान २ः५० बजे डार्ट गरिएको थियो ।

बिहान पौने ५ बजे हात्तीसार परिसरमै बेहोस बनाई दाह्रा काटेर सकुशल बिहान ५ः१८ बजे प्राकृतिक वासस्थानमा छोडिएको निकुञ्जमा कार्यरत रेञ्जर हिमाल पाठकले जानकारी दिए ।

‘डार्ट गरेको २/३ घण्टापछि हात्ती लठ्ठिन्छ । त्यसपछि बेहास बनाउने सुई लगाएर दाह्रा काटेर निकालिएको हो’ उनले भने ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?