+
+

छठका लागि सजाइयो नारायणी किनार

रासस रासस
२०७९ कात्तिक १३ गते १६:०६
फाइल तस्वीर

१३ कात्तिक, चितवन । नारायणी नदीको पुलको पूर्वी क्षेत्र झकिझकाउ गरिएको छ । छठ पर्वका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, नारायणी नदी किनारमा आएर रमाउने भन्दा छुट्टै रौनक यहाँ देख्न सकिन्छ ।

अखण्ड दिप, सूर्य देवको प्रतिमा राखेर पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समितिका सचिब नारद परिहस्तले बालबालिकाका लागि खेल मैदानसमेत छट्टै बनाइएको बताए ।

तराई समुदायले मात्रै मनाउँदै आएको यो पर्बमा पहाडी समुदायको समेत आकर्षण बढ्दै गएपछि भक्तजनको चापलाई मध्यनजर गर्दै नारायणी नदीमा नुहाउन र अर्क चढाउनका लागि रेखाङ्कन गरिएको छ ।

छठमा पछिल्लो समय पहाडी समुदायको समेत सहभागिता बढ्दो क्रममा छ । उनले भने, ‘पहाडी समुदायको समेत सहभागिता दुई चरणबाट हुने गरेको छ ।’ व्रत बस्नै आउनेको सङ्ख्यासमेत बर्सेनि बढ्दो छ । व्रत नबसेर सूर्यलाई अर्क चढाउन आउनेको सङ्ख्या पनि उल्लेख्य छ ।

‘छठ पर्वमा अहिले युवा पुस्ताको बढी आकर्षण रहेको छ’, परिहस्तले भने । यो वर्ष पाँचदेखि आठ हजार भक्तजन नारायणी नदी किनारमा आएर पूजापाठ गर्ने अनुमान गरिएको छ । तराई सामुदायिक सेवा समिति चितवनले हरेक वर्ष नारायणी नदी किनारमा छठपर्व मनाउँदै आएकामा यसवर्ष चितवनको विभिन्न स्थानमा हुँदै छ ।

जिल्लाको टाँडी, पर्सा, खुरखुरे, पदमपुर, माडी लगायतका स्थानमा नदी, पोखरी, तलाउमा यो पर्वलाई धूमधामसँग मनाउने गरिएको समितिका पूर्व अध्यक्ष राजकुमार मानुले बताए।

नदी किनार तथा जलाशय छेउमा यो पर्व मनाउने गरिन्छ । भाइटीकाको भोलिपल्ट अर्थात चौठीदेखि छठ पर्वको व्रत प्रारम्भ हुने उनले बताए । पहिलो दिन नुहाएर चोखा खानेकुरा खाने, पञ्चमीको दिन साँझ एक छाक खाने र छठको दिन निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा समापन गरिने उनको भनाइ छ ।

विगत ५० वर्षदेखि नारायणी नदी किनारमा छठ पर्वको पूजा हुँदै आएको समितिका अध्यक्ष जयकिशोर पाण्डेले बताए । पाण्डेका अनुसार अहिले भक्तजनको चाप बढ्दै गएको छ । पूजा व्यवस्थापनका लागि निकै मेहनत गर्नुपरेको उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?