+
+

छठमा रमेको काठमाडौं, १५ तस्वीर

चन्द्रबहादुर आले आर्यन धिमाल चन्द्रबहादुर आले, आर्यन धिमाल
२०७९ कात्तिक १३ गते २०:२२

१३ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आइतबार काठमाडौंका विभिन्न जलासयमा छठी माताको पूजा गरिएको छ । काठमाडौंको कमलपोखरी, बागमतीको गुह्येश्वरीलगायतका विभिन्न ठाउँमा छठघाट बनाएर छठी माताको पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

छठ पूजा गर्न काठमाडौंमा बसोबास गर्ने तराई मधेशका वासिन्दा जलासयमा पुगेका थिए । उनीहरुले आफ्नो छठ घाट झकिझकाउ बनाएर सजाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी छन् ।  त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि थापाथलीस्थित बागमती किनारमा बनेको छठघाटमा गई पूजा गरेका छन् ।

प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व काठमाडौं उपत्यकामा पनि भव्य रुपमा मनाइन्छ । काठमाडौंका जलासयहरुमा वर्षेनी छठ मनाउनेको संख्या बढ्दै गएको देखिन्छ ।

हेर्नुहोस् तस्वीरहरु

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?