+
+

नवलपरासीमा माओवादीका २ बागीको उम्मेदवारी निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते ११:०४

१५ कात्तिक, परासी । नवलपरासीमा माओवादी केन्द्रबाट बागी बनेका २ जना उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले विज्ञप्ति निकालेर उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

उम्मेदवारी निष्क्रिय बनाए पनि उम्मेदवारको समर्थनका बारेमा उनीहरु मौन छन् ।

नवलपरासी जिल्ला सहइञ्चार्जसमेत रहेकी बौडेलले सोही निर्वाचन क्षेत्रबाट २०६४ सालमा संविधानसभा निर्वाचन जितेकी थिइन् । ढकाल पार्टीका प्रदेश परिषद् सदस्य हुन् ।

विज्ञप्तिमा उनीहरुले गठबन्धन विपरीत कांग्रेसले अनाधिकृत रुपमा उम्मेदवार दर्ता गरेकाले पार्टीलाई दबाव दिन र आन्दोलनको रक्षाका लागि उम्मेदवारी दिनु परेको बताएका छन् ।

सत्तागठबन्धनले सो निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा नेपाली कांग्रेस र प्रदेशसभा‘ख’ मा माओवादी केन्द्रलाई बाँडफाँड गरेर सिट दिएको थियो ।

तर सहमतिविपरीत प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका देवकरण जयसवालले उम्मेदवारी दिएपछि उनीहरुले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । जयसवालले रुख चिन्हबाटै उम्मेदवारी दिएका छन् ।

केन्द्रीय गठबन्धनले नामै किटान गरेर सहमतिअनुसारको उम्मेदवारी कायम गरी एकअर्कालाई सघाउन कात्तिक ११ गते फेरि पत्र पठाए पनि उम्मेदवारी निष्क्रिय नपारेपछि आइतबार जिल्लास्थित गठबन्धनका जिल्ला अध्यक्षहरुको बैठकले रुख चिह्नबाट उम्मेदवारी दिएका कलवारसहित ७ जनालाई बागी उम्मेदवार भन्दै उम्मेदवारी निष्क्रिय गराउन सोमबारसम्मको अल्टिमेटम दिएको थियो ।

तर तोकिएको समयमा २ जनाले मात्र उम्मेदवारी निष्क्रिय बनाएका छन् । कांग्रेस जिल्ला नेतृत्वले केन्द्रीय सहमतिअनुसार उक्त क्षेत्र माओवादी केन्द्रलाई परेकाले सोही अनुसार गराउन निर्देशन भएकाले उम्मेदवारी निष्क्रिय बनाउन कलवारलाई निर्देशन दिएको जनाएको छ ।

उम्मेदवारी निष्क्रिय बनाएका माओवादीका नेताहरुले गठबन्धनको सहमतिअनुसार कांग्रेसबाट दर्ता गराएका उम्मेदवारको उम्मेदवारी फिर्ता नभएसम्म समर्थनबारे मौन रहने बताएका छन् । ‘सहमतिअनुसार कांग्रेसका उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएमा हामी कांग्रेसलाई सहयोग गर्छौं । निष्क्रिय नबनाए नेतृत्वसँग छलफल गरेर अघि बढ्छौं’, बौडेलले भनिन् ।

यो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी र एमालेको समर्थनमा जनता प्रगतिशिल पार्टी(जप्रपा) का अध्यक्ष एंव पूर्वमन्त्री हृदयेश त्रिपाठी पनि उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?