+
+

बम विस्फोटको घटना अनुगमन गर्न मानव अधिकार आयोगले खटायो टोली

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १७:५३

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटको तिलागुफा नगरपालिका–१० मा १२ कात्तिकमा भएको बम विस्फोटको घटनाको अनुगमन सुरु गरेको छ । कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको जानकारी दिएको छ ।

प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा यस्ता घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।

त्यस्तै घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाहरुको निःशुल्क र प्रभावकारी उपचार गर्न र आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न पनि आयोगले आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?