
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीले चुनावका लागि गरेका साँठगाँठको औचित्य पार्टीको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि नगर्ने बताएका छन् ।
एमालेले आफ्नो घोषणापत्रमा राखेको ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो,’ भन्ने भनाइ उचित भएको भन्दै रावलले पार्टीले कमल थापा, राजेन्द्र लिङ्देन, एकनाथ ढकाल र हृदयश त्रिपाठीसँग गरेको साँठगाँठमाथि प्रश्न उठाएका हुन् ।
‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो,’ रावलले ट्वीट गरेका छन्, ‘तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4