+
+

जकपुरधामको करोडौं मूल्यको जग्गा कीर्ते गरेको भन्दै प्रहरीमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते २०:०८

१५ कात्तिक, जनकपुरधाम । जनकपुरधाममा करोडौं मूल्यको झण्डै ३ कठ्ठा व्यक्तिगत जग्गा कीर्ते गरी अर्कैको नाममा दर्ता भएको भन्दै उजुरी परेको छ । आफ्नो जग्गा अर्कैले नामसारी गरेको खुलेपछि पीडितले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-२ जनकचोकमा स्वर्गीय गीतारानी हमालको नाममा रहेको २ कठ्ठा ५ धुर ३ कनुवा र १४ धुर ३ कनुवा जग्गा कीर्ते गरेको भन्दै गीतारानीका छोरा देशपाल सिंह हमालले स्थानीय प्रकाशजंग राणाविरुद्ध जाहेरी दर्ता भएको हो । राणाविरुद्ध सरकारी कागजात कीर्ते र ठगीसम्बन्धी कसूरमा जाहेरी परेको धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक रायले जानकारी दिए ।

धुरको कम्तीमा ५० लाख रुपैयाँ पर्ने जग्गा कीर्ते गरेर राणाले आफ्नो नाममा पास गरेको खुलेपछि उजुरी दिएको जग्गाधनी गीतारानी हमालका छोरा देशपाल सिंहले बताएका छन् ।

‘अर्काको नाममा रहेको जग्गा सरकारी काजगजात कीर्ते गरी आफ्नो नाममा गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ’, डीएसपी रायले भने ‘हामीले नापी, मालपोत लगायत कार्यलयबाट पत्र लेखेर डकुमेन्टहरु माग गरेका छौं । अनुसन्धान गरिरहेका छौं ।’

राणाले कीर्ते कागजातको आधारमा गीतारानीको नाममा रहेको किता नं. १७० बाट १४ धुर ३ कनमाको कि.नं. २७५ र २ कट्ठा ५ धुर ३ कनमा क्षेत्रफलको कि.नं. २७६ कायम गराएको जाहेरीमा उल्लेख छ ।

‘बुवा र आमा स्वर्गीय भएपछि सो जग्गा आफ्नो नाममा नामसारी गराउन मालपोत कार्यालयमा जाँदा ती जग्गा त प्रकाश राणाको नाममा दर्ता भइसकेको थाहा भयो । म आश्चर्यचकित भएँ ‘ हमालले भने ‘मालपोत कार्यलयमा त्यो जग्गाको मिसिल फाइल छैन । त्यसबाट केही जग्गा प्रकाशले बेचिसकेका छन् ।’

जनकपुरधामको जनकचोकमै रहेको सो जग्गा ५० करोडभन्दा बढी मूल्यको रहेको सिंहले बताए । मालपोत र नापी कार्यालयलयले सो जग्गा विषयमा यथार्थ लिखित जानकारी दिएपछि प्रहरीले जाहेरी दर्ता गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?