+
+
युरोपियन च्याम्पियन्स लिग :

नाटकीय जित निकाल्दै टोटनहम नकआउट चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते ८:४९

१६ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा फ्रेन्च क्लब मार्सेलाई २-१ ले हराएर इंग्लिस क्लब टोटनहम नकआउट चरणमा प्रवेश गरेको हो ।

पिएरे एमिल होजवर्गले इन्जुरी टाइमको पाँचौ मिनेटमा गरेको गोलमा टोटनहमले मार्सेमाथि उसैको मैदानमा नाटकीय जित निकालेको हो । त्यसअघि एबेम्बाले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै मार्सेलाई अग्रता दिलाएका थिए । तर ५४औं मिनेटमा क्लेमेन्ट लेङलेटले टोटनहमका लागि बराबरी गोल फर्काए ।

पुनरागमन जितपछि ६ खेलबाट ११ अंक जोड्दै टोटनहम समूह डी को विजेता बन्यो । मार्से भने ६ सहित समूहको पूछारमा रहेर बाहिरियो ।

यस्तै यही समूहको अर्को खेलमा जर्मन क्लब एनट्राट फ्रांकफर्टले पोर्चगिज क्लब स्पोर्टिङ सिपीलाई २-१ ले नै हरायो । जितपछि ६ खेलबाट ११ अंक जोडेर समूह उपविजेता हुँदै फ्रांटफर्ट अन्तिम १६ मा प्रवेश गरेको छ । ७ अंक जोडेको स्पोर्टिङ पनि समूह चरणबाटै बाहिरिएको छ ।

लिभरपुल विजयी

समूह ए मा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब नापोलीलाई २-० ले पराजित गरेको छ । यसअघिका ५ खेल जित्दै अपराजित रहेको नापोलीको यो पहिलो हार हो ।

लिभरपुलको जितपछि दुवैको समान १५ अंक रहेपनि गोलअन्तरमा अघि रहँदै नापोली समूह विजेता बन्दा लिभरपुल समूह्य उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । यसअघि नै दुवै टोलीले नकआउट चरणमा स्थान पक्का गरिसकेका थिए ।

लिभरपुलको जितमा मोहमद सालाह र डार्विन नुनेजले गोल गरे । यस समूहको अर्को खेलमा अयाक्सले रेन्जर्सलाई ३-१ ले पराजित गर्‍यो ।

बायर्नको शतप्रतिशत जित

जर्मन क्लब बायर्नले शतप्रतिशत जितसहित समूह सी को अन्त्य गरेको छ । बायर्नले मंगलबार राट्टी भएको समूहको अन्तिम खेलमा इटालियन क्लब इन्टरलाई २-० ले हरायो । बायर्नका लागि बेन्जामिन पाभार्ड र चोपो मोटिङले गोल गरे ।

बायर्नले समूह्यको सबै ६ खेल जित्दै १८ अंक जोड्दा इन्टरले १० अंक जोडेर दोस्रो भयो । यसअघि नै दुवै टोलीले अन्तिम १६ मा स्थान पक्का गरिसकेका थिए ।

यसअघि नै समूह चरणबाट बाहिरिसकेको स्पानिस क्लब बार्सिलोनाले अन्तिम खेलमा भिक्टोरिया प्लेजनलाई ४-२ ले हरायो । समूह सी मा जम्मा २ जित निकालेको बार्सिलोना ७ अंक जोडेर तेस्रो भयो ।

बार्सिलोनाका लागि फेरान टोरेसले दुई तथा मार्कोस अलोन्सो र पाब्लो टोरे कारेलेल गोल गरे ।

पोर्टो समूह विजेता

समूह बी मा पोर्टोले एट्लेटिको मड्रिडलाई अन्तिम खेलमा २-१ ले हराएर समूह विजेता बन्यो । यस समूहबाट यसअघि नै पोर्टो र क्लब ब्रुगले अन्तिम १६ मा स्थान पक्का गरिसकेका थिए ।

एट्लेटिकोलाई हराएपछि पोर्टोले ६ खेलबाट १२ अंक जोडेर समूह विजेता बनेको हो । अर्को खेलमा बायर लेभरकुजनसँग गोलरहित बराबरी खेलेपछि क्लब ब्रुग भने ११ अंकसहित समूह उपविजेता बन्यो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?