+
+

२८ वर्षीय अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १२:५५

काठमाडौं । चर्चित अमेरिकी र्‍यापर टेकअफको ह्युस्टनमा गोली हानी हत्या भएको छ । हिपहप समूह मिगोसका सदस्य समेत रहेका २८ वर्षीय टेकअफको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी र फ्यानले श्रद्धाञ्जली दिइरहेका छन् ।

नेपालबाट समेत हिपहपप्रेमीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । स्थानीय प्रहरीले बलिङ गल्लीमा मंगलबार बिहान उनको गोली हानी हत्या भएको जनाएको छ ।

किर्सिनिक खरी बल वास्तविक नाम रहेका र्‍यापर टेकअफलाई बाटोमा ढलिरहेको अवस्थामा केही व्यक्तिले देखेका थिए । ह्युस्टन प्रहरीका प्रमुख ट्रोइ फिनरले अन्य दुई व्यक्तिले घाइते गायकलाई नजिकको अस्पतालमा लगेको जनाएका छन् ।

घटनामा संलग्न रहेको अभियोगमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । प्रहरीले आधिकारिक रुपमा मृत्युको घोषणा गर्नुअघि नै गायक टेकअफ मारिएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेकअफ आवद्ध रहेको मिगोस ब्याण्डले सन् २०१३ देखि लोकप्रियता प्राप्त गरेको थियो । र्‍यापर ड्रेकले यो समूहको गीतलाई रिमिक्स गरेर गाएपछि ब्याण्डको चर्चा चुलिएको थियो ।

बिलबोर्ड हट हन्ड्रेडमा यो ब्याण्डले चर्चित चार गीत पेस गरिसकेको छ । नयाँ पुस्तामा निकै रुचाइएको मिगोस ब्याण्ड यसको मिगोस भनिने शैलीले परिचित समेत छ ।

टेकअफका वकिल ड्रिउ फाइन्डिलङले र्‍यापरको मृत्यु खासगरी उनको गृहनगर एटलान्टा र र्‍याप गायनलाई ठूलो क्षति भएको न्युयोर्क टाइम्ससँग बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?