+
+

जुम्लामा सेनाको हेलिकोप्टरबाट ओसार्न थालियो मतपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १८:३५
नेपाली सेनाको हेलिकोप्टरमा मतपपत्र र मतपेटिका ओसार्दै तस्वीर नेत्र शाही

१६ कात्तिक, जुम्ला । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र पुर्‍याइएको छ । निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खैतबाट जुम्ला ओसार्न थालेको छ ।

नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार आज वुधवार दुई पटक नेपाली सेनाको (एनए ०५५ ईसीयू (ईक्विेरल) हेलिकोप्टरले मतपत्र सारेको जानकारी दिए ।

उनका अनुसार कर्णाली राजमार्ग बिपतले राम्रो नभएकालें हेलिकोप्टरमा मतपत्र ल्याउनु परेको हो । काठमाण्डौबाट सुर्खेत गाडिमा आएको र सुर्खेतबाट हेलिमा जुम्ला ओसार्ने काम सुरु भइरहेको छ ।

स्थानीय तहको निर्वाचनमा ठूलो ट्रकमा ल्याएका थियो तर यस पटक बाटो साघुरो भएकाले हेलिमा ल्याउनु परेको हो । जुम्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस बिष्णुप्रसाद गौतमका अनुसार निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वुधवार हेलिकोप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आईपुगेको छ ।

उनका अनुसार प्रतिनिधिसभा समानुपातिक तर्फ ७७ हजार र प्रदेशसभा समानुपातिक तर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइ सुरक्षित गरिएको छ । समानुपातिकको चार हजार मत अव आउन वाँकी छ ।

मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार विहीवार प्रत्यक्षतर्फको मतपत्र हेलिकोप्टरबाटै ल्याइनेछ । जुम्लामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागि ७६ हजार मतपत्र र प्रदेशसभा (क) का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र माग गरिएको र त्यो मत पत्र विहीवार सुर्खेतबाट हेलिकोप्टरमा आउने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार जुम्लामा आगामी मंशिर ४ गते हुने निर्वाचनमा जम्मा मतदाता संख्या ६८ हजार ६ सय ३८ रहेको छ । जसमा प्रदेश (क) मा ३६ हजार सात सय ८३ र प्रदेश (ख) मा ३१ हजार आठ सय ५५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?