+
+

वीरगञ्जमा ट्याक्टरको ठक्करबाट घाइते भएका महतोको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १०:२०

१७ कात्तिक, काठमाडौं । वीरगञ्जमा ट्याक्टरको ठक्करबाट घाइते भएका पैदल यात्रीको मृत्यु भएको छ ।

यही कात्तिक १३ गते वीरगञ्ज महानगरपालिका-३२ मा ५९ वर्षीय चोकट महतोलाई ट्याक्टरले ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट सख्त घाइते भएका महतोको आज बिहीबार बिहान नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरका चालक भने अझै फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?