
१७ कात्तिक, विराटनगर । विराटनगरमा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-१२ की नाबालिकालाई करणी गरेको आरोपमा सोही वडाका ३८ वर्षीय साजन कामतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् ।
कार्तिक ११ गते दिउँसो घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले बताएको छ ।
पीडित बालिकाको बावु ज्याला मजदुरी काम गर्छन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् ।
नाबालिकाले छिमेकीलाई सुनाएपछि कार्तिक १४ गते प्रहरीसम्म पुगेको थियो । जाहेरीपछि आरोपीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4