+
+

हालान्डदेखि सलाहसम्म, यी हुन् विश्वकप फुटबलमा नदेखिने १० सुपरस्टार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते ७:३७

१८ कात्तिक, काठमाडौं । फुटबलमा विश्वकप नै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । हरेक खेलाडीको चाहना विश्वकप खेल्ने त्यसमा उत्कृष्ट प्रदर्शन गर्ने हुन्छ ।

विश्वभरका समर्थकहरु पनि आफ्नो मनपर्ने खेलाडीलाई विश्वकपमा हेर्न चाहन्छन् ।

तर, विश्वकै केही नाम चलेका स्टार खेलाडीहरु भने यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फुटबलको महाकुम्भमा देखिने छैनन् । उनीहरु अब घरमै बसेर विश्वकप हेर्न बाध्य हुनेछन् ।

फिफाको कूल २११ सदस्य राष्ट्रहरु छन् । जसमा छनोट चरण पार गरेका उत्कृष्ट ३२ टिम मात्र विश्वकपमा खेल्नेछन् ।

जसले गर्दा अहिलेका नाम चलेका खेलाडीहरु एर्लिन हालान्ड, मोहमद सलाहदेखि जियानलुजी डोनारुम्मासम्म कतारमा खेल्न पाउँदैनन् । हालान्डको नर्वे, सलाहको इजिप्ट र डोनारुम्माको इटली विश्वकपमा छनोट नै हुन सकेनन् ।

यस्तै चोटका कारण टिम छनोट हुँदा पनि धेरै खेलाडीले विश्वकप गुमाउनेछन् । पछिल्लो पटक विश्वकप जितेको फ्रान्सकै पाउल पोग्बा लगायतले यस पटक विश्वकप गुमाउनेछन् ।

कतार विश्वकप गुमाउने १० स्टार खेलाडीबारे पढ्नुहोस् :

एर्लिन हालान्ड, नर्वे

हालान्डले १९ वर्षको उमेरमै अन्तर्राष्ट्रिय पुटबलमा डेब्यू गरेका थिए । उनले नर्वेका लागि २३ खेलमा २१ गोल गरेका छन् ।

वर्तमान समयमा हालान्ड विश्व फुटबलकै उत्कृष्ट युवा स्ट्राइकरमध्येका हुन् । उनले विश्वकप छनोटमा ५ गोल गरेका थिए । तर, नर्वे युरोपियन क्षेत्रको छनोटमा १८ अंक जोड्दै नेदरल्याण्ड्स र टर्की भन्दा तल रहेपछि विश्वकपमा छनोट हुन सकेन ।

म्यानचेष्टर सिटीबाट प्रिमियर लिग खेलिरहेका २२ वर्षीय हालान्ड अहिले उत्कृष्ट लयमा छन् र उनले प्रिमियर लिगमा ९ खेलमै १५ गोल गरिसकेका छन् ।

मोहमद सलाह,  इजिप्ट

इजिप्टमा मोहमद सालहले गत अगष्टमा एक टेलिभिजन च्यानलमा आफू कतार विश्वकपमा हुन सक्ने बताएका थिए । तर, फुटबलको स्टारमध्ये एक सलाह आफ्नो देश इजिप्ट विश्वकपमा छनोट नभएपछि अब कतारमा देखिने छैनन् ।

इजिप्ट र सालाह विश्वकपको लागि प्लेअफ छनोटमा सेनेगलसँग पेनाल्टीमा पराजित हुँदै छनोट हुन असफल भएको थियो । त्यसअघि अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पनि इजिप्ट सेनेगलसँग नै पराजित भएको थियो ।

सन् २०१८ मा रुसमा भएको विश्वकपमा सालहको इजिप्ट समूह चरणबाटै बाहिरिएको थियो । हाल ३० वर्ष भएका सालाहका लागि अर्को पटक विश्वकप खेल्ने सम्भावना भने कायमै छ ।

डेभिड अलावा, अष्ट्रिया

डेभिड अलावाले यसै वर्ष तेस्रो पटक अष्ट्रियन स्पोर्ट पर्सनालिटीको अपार्ड जिते । उनी ८ पटक अष्ट्रियाको उत्कृष्ट फुटबलर समेत बनिसकेका छन् ।

उनले स्पेनिस महारथी रियल मड्रिडमा गत सिजन चार उपाधि जितेका थिए ।

तर, पछिल्लो एक दशक अष्ट्रियाका उत्कृष्ट खेलाडीको रुपमा रहेका बायर्न म्युनिखका पूर्व डिफेण्डर अलावा यस पटक विश्वकपमा हुने छैनन् । उनको देश अष्ट्रिया सन् १९९८ यता विश्वकपमा छनोट हुन सकेको छैन ।

३० वर्षीय अलावाले अष्ट्रियाको कप्तानी समेत गरिसकेका छन् । छनोटमा अष्ट्रेलियाले १० मध्ये ५ खेल मात्र जितेको थियो । रियल मड्रिडका डिफेण्डर अलावाले अष्ट्रियाका लागि ९६ खेल खेल्दा १४ गोल गरेका छन् ।

रियाद महारेज, अल्जेरिया

रियाद महारेज पछिल्लो समय अफ्रिकाकै उत्कृष्ट खेलाडी मध्येमा पर्छन् । उनले सन् २०१६ मा अप्रिकन फुटबलर अफ दि इअरको अवार्ड जितेका थिए ।

यस्तै सोही वर्ष उनले अफ्रिकन कप अफ नेसन्ससमेत जितेका थिए । यस्तै महारेजले दुई फरक क्लबबाट प्रिमियर लिगको उपाधि जितेका छन् ।

फ्रान्समा जन्मेका ३१ वर्षीय विंगर महारेज सन् २०१४ मा विश्वकपमा अल्जेरियन टिममा थिए । त्यसबेला उनले धेरै प्रभाव छाड्न पाएनन् । यस्तै २०१८ को विश्वकपमा भने महारेजको टिम अल्जेरिया छनोट हुन सकेन ।

कतार विश्वकपमा लागि छनोट नजिक पुगे पनि अप्रिकन क्षेत्रको प्लेअफमा क्यामरुनसँग अतिरिक्त समयमा गोल बेहोर्दै पराजित भएपछि विश्वकप खेल्न नपाउने निश्चित भएको हो ।

मार्टिन ओडेगार्ड, नर्वे

मैदानमा मार्टिन ओडेगार्डले क्लब र देश दुवैको नेतृत्व गर्दै आएका छन् । युवा अवस्थादेखि नै ओडेगार्डको चर्चा हुँदै आएको थियो ।

२३ वर्षीय ओडेगार्डले १५ वर्षको उमेरमै व्यवसायिक फुटबलमा डेब्यू गरेका थिए । उनी आफ्नो देशको लिगमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए ।

स्पेनिस महारथी रियल मड्रिडले सुरुमा उनलाई अनुबन्ध गरेको थियो । त्यसपछि नेदरल्याण्ड्स हुँदै प्रिमियर लिग पुगेका उनी हाल आर्सनलका कप्तान हुन् ।

उत्कृष्ट युवा खेलाडीको छवी बनाएका उनले १५ वर्षमै नर्वेका लागि डेब्यु गरेका थिए । यस पटक भने उनको टिम विश्वकपमा पुग्न सकेन । जसले गर्दा हालान्डसँगै ओडेगार्ड पनि विश्वकपमा देखिने छैनन् ।

जियानलुजी डोनारुम्मा, इटली

जब जियानलुजी बफोनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए तब इटलीका लागि उनलाई प्रतिस्थापन गर्ने खेलाडीको समस्या थियो ।

युवा गोलकिपर जियानलुजी डोनारुम्माले उनलाई प्रतिस्थापन मात्र गरेनन्, आफ्नो आइडलको जस्तै आत्मविश्वासका लागि आफूलाई विश्वकै उत्कृष्ट युवा गोलकिपरको रुपमा स्थापित गरे ।

डोनारुम्माले सन् २०१५ मा एसी मिलानमा व्यवसायिक खेलाडीको रुपमा डेब्यू गरे । अर्को वर्ष उनी पहिलो रोजाईमा परे । सन् २०२१ मा उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पुगे ।

बफोनपछि डोनारुम्माले आफूलाई उनको उत्तराधिकारीको रुपमा विकास गरे । सन् २०१६ मा डोनारुम्माले बफोनलाई नै प्रतिस्थापन गर्दै इटलीका लागि डेब्यू गर्दै युवा गोलकिपर बने ।

डोनारुम्मबा २०२१ मा भएको युरोकपको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले इटलीलाई च्याम्पियन बनाउने क्रममा उत्कृष्ट प्रदर्शन गरे ।

कतार विश्वकपमा भने इटली छनोट हुन नसक्दा डोनारुम्मा यो विश्वकपमा देखिने छैनन् । उनले विश्वकपमा डेब्यू गर्न कम्तिमा अर्को चार वर्ष पर्खनुपर्नेछ ।

फ्रांक केस्सी, आइभरीकोष्ट

आइभरीकोष्टका फ्रांक केस्सी पनि कतार विश्वकपमा नदेखिने अर्को चर्चित नाम हुन् । १८ वर्ष भएपछि इटालियन क्लब एटलान्टामार्फत युरोपियन लिगमा प्रवेश गरेका केस्सीले एसी मिलानका लागि पनि खेले । हाल उनी बार्सिलोनामा पुगेका छन् । एसी मिलानमा उनले २२३ खेल खेल्दै ३७ गोल गरेका थिए ।

केस्सीले १७ वर्षकै उमेरमा आइभरीकोष्टका लागि डेब्यू गरेका थिए । उनले देशका लागि ६० खेल खेल्दै १७ गोल गरेका छन् । उनले देशका लागि धेरै प्रतियोगिता खेल्न पाएका छैनन् । तर, सन् २०१९ को अफ्रिकन कप अफ नेशन्समा उनी सर्वाधिक असिस्टकर्ता थिए । आइभरीकोष्ट क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

कतार विश्वकपका लागि पनि क्यामरुनसँग खेल्नु अघिसम्म आइभरीकोष्टको छनोट हुने सम्भावना कायम थियो । जित वा बराबरीले पनि उसलाई विश्वकपमा छनोट गराउँथ्यो । आइभरीकोष्ट क्यामरुनसँग १९० ले पराजित भएपछि केस्सी र उनका टिमका लागि विश्वकप टाढा बन्यो ।

लुइस डियाज, कोलम्बिया

सन् २०२१ को कोपा अमेरिकामा सर्वाधिक गोलकर्ता रहेका कोलम्बियाका लुइस डियाज अहिलेका नाम चलेका खेलाडी हुन् । हाल उनी कोलम्बियन फुटबलको ‘पोस्टर ब्वाए’समेत हुन् । सन् २०१८ मा कोलम्बियाका लागि डेब्यू गरेका उनले ३७ खेल खेल्दै ८ गोल गरेका छन् ।

कतार विश्वकपमा भने कोलम्बिया र डियाज देखिने छैनन् । दक्षिण अमेरिकी छनोटमा छैटौं भएपछि कोलम्बिया विश्वकपमा पुग्न सकेन । छनोट हुन नसकेपछि २५ वर्षीय लिभरपुलका विंगरले ट्वीटरमा निराशा व्यक्त गरेका थिए ।

उनले बच्चैदेखि विश्वकप खेल्ने सपना देखेको र त्यसमा छनोट हुन नसक्दा दुस्ख लागेको बताएका थिए ।

मार्को भेराट्टी,  इटली

सन् २०११/१२ मा इटलीको दोस्रो डिभिजनमा उत्कृष्ट खेलाडी बनेयता नै मार्को भेराट्टी विश्वकै उत्कृष्ट मिडफिल्डरमध्ये एक रहँदै आएका छन् ।

त्यसपछि उनलाई पेरिस सेन्ट जर्मेनले भित्र्यायो र उनी लिग वानको उत्कृष्ट युवा खेलाडी बने ।

क्लब फुटबलमा राम्रो खेल्दै गएपछि भेराट्टीले २० वर्षको उमेरमा २०१२ मा इटलीका लागि डेब्यू गरे । २०१४ कझ विश्वकपमा उनले राम्रो गर्न सकेनन् । चोटका कारण २०१६ को युरो उनले गुमाए ।

गत वर्ष युरोकप जित्दा भने भेराट्टी रोबर्टो मान्सिनीको मिडफिल्डकै मुख्य खम्बा थिए ।

कतार विश्वकपमा भने इटली छनोट हुन सकेन । युरोपियन छनोटकोमा नर्थ मेसोडोनियासँग अप्रत्यासित हारपछि भेराट्टी कतार विश्वकपमा नदेखिने भएका हुन् ।

भिक्टोर ओसिमहेन, नाइजेरिया

भिक्टोर ओसिमहेन नाइजेरियाका उदाउँदा युवा स्ट्राइकर हुन् । उनले सन् २०१५ को फिफा यू९१७ विश्वकपमा गोल्डेन बुट जितेका थिए । हाल इटलियन क्लब नापोलीमा खेल्ने उनी क्लबमा अग्रपंक्तीमा मुख्य खेलाडीसमेत हुन् ।

२३ वर्षीय ओसिमहेनले आफूलाई इटालियन लिगमा चाँडै स्थापित गरिसकेका छन् । उनले २०२० यता क्लबका लागि ६८ खेलमा ३० गोल गरेका छन् । नापोली जानुअघि उनले जर्मनीको उल्फस्वर्गबाट खेलेका थिए ।

नाइजेरियालाई यू९१७ विश्वकप जिताउने क्रममा १० गोल गर्दै उनी चर्चामा आएका थिए । नाइजेरियाको सिनियर टिमका लागि उनले २२ खेल खेल्दै १५ गोल गरिसकेका छन् ।

नाइजेरिया कतार विश्वकपका लागि छनोट हुन सकेन जसले गर्दा विश्वकपमा ओसिमहेन पनि देखिने छैनन् । फुटबलको महाकुम्भमा उनले आफ्नो क्षमता देखाउन अझै पर्खनुपर्नेछ । यद्यपी युवा ओसिमहेनका लागि अर्को पटक छनोट हादै विश्वकप खेल्ने अवसर भने बाँकी नै छ ।

अलजजिरामा प्रकाशित सामाग्रीको अनुवाद

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?