२१ कात्तिक, काठमाडौं । मोमद सलाहले दुई गोल गरेपछि प्रिमियर लिग फुटबलमा लिभरपुलले आइतबार राति टोटनहमलाई २-१ ले पराजित गरेको छ ।
टोटनहमको मैदानमा भएको खेलमा सलाहले पहिलो हाफमै दुई गोल गरेका थिए । सलाहले खेलको ११औं मिनेटमा डार्विन नुनेजको पासमा पहिलो गोल गरेका थिए । यस्तै ४०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
टोटनहमका लागि ७० औं मिनेटमा ह्यारी केनले एक गोल फर्काए ।
जितपछि १३ खेलमा १९ अंक जोडेको लिभरपुल आठौं स्थानमा उक्लेको छ । टोटेनहम १४ खेलबाट २६ अंकसहित चौथो स्थानमा छ ।
लिगकै अर्को खेलमा न्युकासलले साउथह्याम्पटनलाई ४-१ ले पराजित गरेको छ । यस जितले १४ खेलबाट २७ अंक जोडेर न्युकनसल तेस्रो स्थानमा उक्लेको छ ।
न्युकासललाई जिताउन मिगुएल अल्मिरोन, क्रिस उड, जोए विल्लोक र ब्रुनो गुइमारेसले एक गोल गरे
प्रतिक्रिया 4