+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

मंसिर ४ को चुनावले देशको भविष्य निर्धारण गर्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १५:३३

२१ कात्तिक, बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताएका छन् ।

नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बागलुङले बुर्तिबाङमा आयोजना गरेको चुनावी सभामा उनले देशको सार्वभौमसत्ता र स्वाधिनता रक्षाको लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएका हुन् ।

‘चारतिर मुख फर्किएकाहरु एकसाथ चुनावमा आएका छन्,’ सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘विचार सिद्धान्त र निर्वाचको घोषणपत्र फरक भएकाहरु एकठाउँ उभिएर जनता झुक्याउँदै छन् ।’

ओलीले पहिलो पटक बागलुङ क्षेत्र नम्बर २ ले स्थानीय उम्मेदवार पाएको भन्दै गठबन्धनका टुरिष्ट उम्मेदवारलाई जनताले विदाइ गर्ने बताए ।

‘एमालेले यहाँका समस्या बुझ्ने, यहाँको माटो बुझ्ने प्रतिनिधि सभामा स्थानीय महिला उम्मेदवार दिएको छ,’ उनले भने ‘निर्वाचन जित्ने, मन्त्री पनि हुने तर जनताको दुखमा नाक मुख नदेखाउनेलाई विदा गर्नुस ।’

बागलुङ २ मा एमालेबाट मञ्जु शर्मा र सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलसहित ७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?