
२२ कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड सोमबार राति रायो भालेकानोसँग ३-२ ले पराजित भएको छ ।
जारी सिजन रियलको यो पहिलो हार हो र यस हारले शीर्ष स्थानमा उक्लने मौका पनि गुमाएको छ ।
भालेकानोको मैदानमा भएको खेलमा रियलले एक पटक अग्रता बनाए पनि जोगाउन सकेन ।
खेलको पाँचौं मिनेटमा सान्टि कमसानाले गोल गर्दै घरेलु टोली भालेकानोलाई अग्रता दिलाएका थिए ।
रियलका लुका मोडरिचले ३७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । ४१औं मिनेटमा इडर मिलिटाओले गोल गरेपछि रियलले २-१ को अग्रता लिएको थियो । तर कायम राख्न सकेन र भालेकानाले दुई गोल फर्कायो ।
४४औं मिनेटमा भालेकानोका अल्भारो ग्रासियाले गोल गरेपछि खेल पहिलो हाफमै २-२ को अवस्थामा पुगेको थियो ।
खेलको ६७औं मिनेटमा ओस्कार ट्रेजोले पेनाल्टीमा गोल गर्दै भालेकानोलाई ३-२ को जित दिलाए ।
सिजनको पहिलो हारपछि रियल १३ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमै छ । बार्सिलोना समान खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा छ ।
जितपछि भालेकानोले १३ खेलमा २१ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4