+
+

मार्जिन कारोबारका लागि ८७ कम्पनी योग्य (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १५:२४

२२ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । हाल नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी मात्रै योग्य रहेको नेप्सेले जनाएको छ ।

जसमध्ये २५ सूचीकृत वाणिज्य बैंकमा १७ वाणिज्य बैंकहरु मात्रै मार्जिन कारोबारका लागि योग्य रहेका छन् । मर्जर प्रक्रियामा रहेर कारोबार रोक्का रहेका कम्पनीहरु भने उक्त सूचीमा छैनन् । जसले गर्दा, सिभिल, सेञ्चुरी, मेगा, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई, कुमारी, एनसीसी बैक र बैंक अफ काठमाण्डू उक्त सूचीमा छैनन् ।

यस्तै राष्ट्रिय स्तरका ८ वटै विकास बैंक मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । तर, क्षेत्रीय स्तरका विकास बैंकहरु मार्जिन कारोबारका लागि योग्य सूचीमा छैनन् । फाइनान्स कम्पनीतर्फ सेन्ट्रल, आईसीएफसी, मञ्जुश्री, पोखरा र रिलायन्स फाइनान्स मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । होटलमा तारागाउँ रिजेन्सी होटल मार्जिन कारोबारका लागि योग्य हुँदा ओरीयन्टल होटल र सोल्टी होटल भने उक्त सूचीमा छैनन् ।

हाइड्रोपावर तर्फ करिब ६० कम्पनी सूचीकृत रहेकोमा १३ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । यस्तै नागरिक लगानी कोषको सेयर पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूचीमा रहेको छ ।

जीवन बीमा कम्पनीतर्फ मर्जरका कारण अधिकांशको कारोबार रोक्का हुँदा, एशियन, नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल मार्जिन कारोबारका लागि योग्य सूचीमा रहेका छन् ।

उत्पादनमुलक समुहको हिमालयन डिष्टिलरी र शिवम् सिमेन्ट पनि उक्त सूचीमा परेका छन् । लघुवित्त तर्फका २९ र निर्जीवन बीमा तर्फका आईएमई जनरल, नेपाल इन्स्योरेन्स, नेको, एनएलजी र शिखर इन्स्योरेन्स पनि उक्त सूचीमा छन् । त्यस्तै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञचार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।

नेप्सेले मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी गरीसकेको छ भने केही दलाल व्यवसायीले मार्जिन कारोबारको स्वीकृत पनि पाएका छन् । तर, नासा सेक्युरिटीज कम्पनीले मात्रै मार्जिन कारोबार सुरु गरेको छ ।

हेर्नुहोस् सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?