+
+

एन्फा कार्यसमिति बैठक कात्तिक २९ गते बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १९:४७

२२ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक कात्तिक २९ गते बस्ने भएको छ ।

राष्ट्रिय लिग र शहीद स्मारक लिगसहित विभिन्न ९ एजेण्डामा छलफल गर्ने गरि कात्तिक २९ गते एन्फा कार्यसमितिको बैठक बोलाइएको हो ।

एन्फा महासचिव किरण राईले मंगलबार कार्यसमिति पदाधिकारी र सदस्यलाई कार्यसमिति बैठक बस्ने विवरण सहित पठाएको पत्रमा विविधसहित ९ वटा एजेण्डा समावेश छन् ।

एन्फा प्रवक्ता सुरेश साहले कात्तिक २९ गते कार्यसमिति बैठक बोलाइएको पुष्टी गरे ।

एक महिनाअघि नै कार्यसमितिका १२ जनाले कार्यसमित बैठक माग गर्दै एन्फामा निवेदन दर्ता गराएका थिए । तर त्यसको एक महिनापछि मात्र कार्यसमिति बैठक बस्ने भएको छ ।

बैठकमा मार्केटिङ, ब्रोर्डकाष्टिङ, डिजिटल राइट्स, कमर्सियल स्ट्राटिजी र पार्टनरसिप सम्बन्धी, एन्फा होस्टलको क्यान्टिन भाडामा दिने, फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्वका विषयमा छलफल हुने छ ।

यस्तै विधान बमोजिम आवश्यक समिति तथा विभिन्न पदाधिकारी नियुक्त बारे, मार्चमा हुने फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व बारे, नेपालले प्राप्त गरेको फिफा वर्ल्ड कप टिकट सम्बन्धमा, राष्ट्रिय लिग तथा सहिद स्मारक ए डिभिजन लिग, एकेडेमी सञ्चालन सम्बन्धमा तथा विविध विषयमा छलफल हुने राईको पत्रमा उल्लेख छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?