+
+

विश्वकप उद्घाटनमा नोरा फतेही र निकी मिनाजले सहकार्य गर्ने 

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १८:०४

काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेही आफ्नो नृत्य कौशलले परिचित छन् । मंसिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलको उद्घाटन समारोहमा उनले प्रस्तुति दिने कुरा अब नयाँ रहेन ।

तर यसभित्र एउटा नयाँ कुरा छ । विश्वचर्चित गायिका निकी मिनाजसँग नोराले फिफाको आधिकारिक गीत ‘लाइट द स्काई’को प्रस्तुतिमा सहकार्य गर्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नोरा फतेही र निकी मिनाजको सहकार्यबारे समाचार लेखेका छन् । यो गायनसँगै नोरा गायिकाहरु जेनिफर लोपेज र शकिराकै क्लबमा ज्वाइन हुनेछिन्, जसले यसअघिका विश्वकप उद्घाटन समारोहमा प्रस्तुति दिइसकेका छन् ।

नोरा यसअघि कतार विश्वकपको आधिकारिक गीतमा फिचर्ड भइसकेकी छिन्, जुन अक्टोबर ७ मा रिलिज भइसकेको छ । कुनै भारतीय सेलिब्रिटीले विश्व खेलकुदको महाकुम्भमा सहभागी हुन लागेकी हुन् । इभेन्टमा नोराले हिन्दी गीत गाउने भनिए पनि यसबारे औपचारिक जानकारी आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?