+
+

प्रदीप ज्ञवाली : गुल्मीमा आलोपालोको निरन्तरता तोड्ने दाउमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते ११:१२

राष्ट्रिय राजनीतिमा बौद्धिक नेताको छवि बनाएका नेकपा (एमाले)का प्रदीप ज्ञवाली प्रतिनिधिसभा सदस्यका लागि गुल्मी-१ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनका चिरपरिचित प्रतिस्पर्धी छन्- नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी ।

२०५६ सालको प्रतिनिधि सभामा चन्द्र केसीलाई हराएका ज्ञवालीले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भण्डारीलाई पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले ज्ञवालीलाई हराए । २०७४ को आम निर्वाचनमा फेरि ज्ञवालीले भण्डारीलाई निकटतम प्रतिद्वन्द्वीमा सीमित पारिदिए ।

डा. भण्डारीसँगको यो चौथो संसदीय प्रतिस्पर्धामा ज्ञवाली आलोपालोको चक्र तोडेर जित निकाल्न चाहन्छन्, तर यसपटक उनलाई सघाउन वाम गठबन्धन छैन । बरु, डा. भण्डारीलाई सत्ता गठबन्धनको साथ छ ।

गुल्मीको बलेटक्सारमा जन्मिएका ६० वर्षीय प्रदीप ज्ञवाली पारिवारिक वातावरणका कारण किशोरकालबाटै राजनीतिमा आकषिर्त भए । उनको औपचारिक राजनीतिक आबद्धता भने २०३० सालमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघको प्रारम्भिक कमिटीबाट भयो ।

त्यसपछिको राजनीतिक आन्दोलनका क्रममा ११ वर्ष भूमिगत भएका ज्ञवाली पटक-पटक पक्राउ परे ।

२०३४ सालमा नेकपा (माले)को गुल्मी-पाल्पा जिल्ला कमिटी सदस्य बनेका ज्ञवाली २०४६ सालमा गुल्मी-अर्घाखाँची जिल्ला कमिटी सचिव, २०५१ सालमा नेकपा (एमाले)को लुम्बिनी अञ्चल कमिटी सदस्य, २०५४ मा केन्द्रीय कमिटी सदस्य, २०६७ सालमा पोलिटब्यूरो सदस्य, २०७१ सालमा सचिवमा चयन भए ।

२०७८ मंसिरदेखि एमालेको उपमहासचिवको जिम्मेवारीमा रहेका ज्ञवाली २०६३ सालमा पर्यटनमन्त्री र २०७४ सालमा परराष्ट्रमन्त्री बने । राष्ट्रिय राजनीतिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कठोर प्रतिरक्षामा उत्रिने गरेका ज्ञवाली आफूलाई सामाजिक एकता र समानता पक्षधर भन्न रुचाउँछन् ।

साहित्यिक कर्ममा पनि क्रियाशील उनका उपन्यास, कथा संग्रह, कविता संग्रह, निबन्ध र समालोचना प्रकाशित छन् ।

चुनावी अंकगणित

२०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गुल्मीका दुई वटै क्षेत्रमा एमाले-माओवादी गठबन्धनले जितेको थियो ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गुल्मी-१ मा दलगत रूपमा एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले १६०० र एकीकृत समाजवादीले ४९७ मत पाएका छन् ।

भण्डारीसँगको आलोपालो तोड्न ज्ञवालीका लागि चुनावी अंकगणित उति अनुकूल छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?