+
+

किष्ट शिक्षण अस्पतालमा ५१ जनाको सफल मिर्गौला प्रत्यारोपण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १२:३३

२७ कात्तिक, काठमाडौं । किष्ट शिक्षण अस्पतालले ५१ जना बिरामीहरुको मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालले हालसम्म सबै प्रत्यारोपणमा शतप्रतिशत सफलता प्राप्त भएको दाबी गरेको छ ।

प्रत्यारोपण टोलीमा पूर्णकालीन रुपमा फिजिसियन, सर्जन, एनेस्थेसिया, डेन्टल, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, साइकियाट्रिष्ट, चिकित्सक तथा तालिम प्राप्त नर्सिङ सहितको मल्टिडिस्किप्लिनरी टिम रहेको छ ।

विगत ११ वर्षदेखि मिर्गौला बिरामीलाई हेमोडाइलासिस सेवा प्रदान गर्दै आइरहेको अस्पतालले ४ वर्षदेखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवासमेत प्रदान गर्दै आइरहेको छ । अस्पतालले १८ फागुन २०७७ मा मिर्गौला प्रत्यारोपण कार्यको स्वीकृति पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?