+
+

निजामतीसरह मर्यादा नपाएको भन्‍दै कैलालीका शिक्षक चुनावमा नखटिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १४:१०

२८ कात्तिक, काठमाडौं। कैलाली घोडाघोडी नगरपालिकाको राष्ट्रिय माध्यामिक विद्यालय तारानगरका शिक्षकहरुले निर्वाचन आयोगले तह र श्रेणी अनुसारको जिम्मेवारी नदिएको भन्दै नाम हटाइदिन आग्रह गरेका छन् ।

राष्ट्रिय माध्यमिक विद्यालयका माध्यमिक तह तृत्तीय श्रेणीमा स्थायी र राहत शिक्षकको नाम सहायक कर्मचारीमा खटाइएकोले तह र श्रेणी अनुसारको पद नमिलेकाले मावि तृतीय श्रेणीका स्थायी शिक्षकहरु सुवोध कुमार शर्मा, मनोज कुमार जोशी, हरिदत्त भट्ट र राहत शिक्षक बलभद्र देवकोटाले सुखड कैलाली निर्वाचन अधिकृतको कार्यलयमा निवेदन दिएका छन् ।

शिक्षक सुवोध कुमार शर्माले निर्वाचन अधिकृतसँग छलफल गर्ने क्रममा निमावि तृत्तीय श्रेणीको शिक्षकको विवरण परेकोले सहायक कर्मचारीमा राखिएको र गल्ती भएको स्वीकार गरेको बताए ।

शिक्षक सुवोध कुमार भन्छन् ‘हामीले निर्वाचन अधिकृत ज्यूसँग कुराकानी गर्दा उहाँले कर्मचारी विवरणमा निमावि तृत्तीय श्रेणीको शिक्षक भएकोले सहायकमा राखिएको भन्नु भएको छ ।’

निर्वाचन अधिकृतसँगको छलफलपछि उनीहरुले निवेदन दिएको र नाम हटाईदिने प्रतिबद्धतापछि निवेदन उनले बताए । ‘अधिकृत ज्यूले तपाईंहरुलाई इच्छा नभए निवेदन दिनुहोला म हटाउँछु भन्नुभएकोले निवेदन दिएका हौं ।’ उनले भने ।

जिल्ला निर्वाचन आयोगले शिक्षक सुवोध कुमार शर्मालाई मतदान केन्द्र मेलघट्टी मावि दिपनगर ‘ङ’, शिक्षक मनोजकुमार जोशीलाई सरस्वती मावि शिखरखोला ‘ख’, हरिदत्त भट्टलाई सरस्वती मावि शिखरखोला ‘क’ केन्द्रमा र बलिभद्र देवकोटालाई राष्ट्रिय मावि नकफोडुवा ‘ग’ केन्द्रमा सहायक कर्मचारीको रुपमा खटाएको छ ।

त्यस्तैगरी दोलखा चरिकोटको क्षत्रवती माध्यमिक विद्यालयका प्रावि तह प्रथम श्रेणीका शिक्षक निरबहादुर बस्नेतले पद अनुसारको जिम्मेवारी नदिईएकोले सोही जिम्मेवारीमा निर्वाचनमा खटिएर जान नसक्ने निवेदन दिएका छन् ।

शिक्षक बस्नेतले निवेदनमा पद अनुसारको मर्यादाक्रम उपयुक्त हुने खालको कार्यभारसहित जिम्मेवारी दिएमा मात्र निर्वाचनमा खट्ने जनाएका छन् । उनलाई जिल्ला निर्वाचन आयोगले नविन मावि मतदान केन्द्र ‘ग’ मा सहायक कर्मचारीको जिम्मेवारी दिएको छ ।

यसअघि मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटका क्रममा शिक्षकहरुलाई उचित मर्यादा नदिएको महासंघको शिक्षक महासंघले विज्ञप्ति निकालेर आपत्ति जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?