+
+

सी डिभिजन लिग आगामी वैशाखमा, हरेक क्लबलाई ११ लाख तयारी खर्च दिइने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते ९:४२

२९ कात्तिक, काठमाडौं । नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाखमा आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो ।

एन्फाले सोमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो ।

‘बी’ डिभिजन लिगको मिति अर्को बैठकबाट तय गर्ने सहमति भएको समेत एन्फाले जनाएको छ ।

यस्तै एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चमा समेत वृद्धि गरेको छ ।

यसअघि सी डिभिजन क्लबलाई ९ लाख ५० हजार दिएको एन्फाले अब तयारी खर्च ११ लाख दिने जनाएको छ ।

 

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?