+
+

नमुना टीकापुर बनाउने न्यौपानेको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १६:५९

२९ कात्तिक, काठमाडौं । नेकपा एमालेबाट कैलाली–१ को प्रदेशसभा २ का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले नमुना टीकापुर बनाउने प्रतिबद्धता गरेका छन् । उनले विकासका योजनाहरू अघि सार्दे टीकापुरलाई कर्णाली करिडोसहितको नमुना सहर बनाउने बताएका हुन् ।

‘संघीय संसदका सांसदहरूले नीति बनाउने हो । विकासका योजना प्रदेश सरकार र स्थानीय सरकारले गर्ने हो’, उनले भने, ‘त्यसकारण मैले कर्णाली करिडोर सहितको सुन्दर योजना ल्याएको जुन पूरा गर्नेछु ।’ न्यौपानेले कर्णाली करिडोर, खेलकुद राजधानी, पदम प्रकाशेश्वर प्रवेश जस्ता बृहत योजनामा काम गर्ने बताएका छन् ।

कर्णाली करिडोर निर्माण गर्ने, सत्तिस्थित पद्म प्रकाशेश्वर मन्दिरलाई कैलाश मानसरोवरमा जानुभन्दा अगाडि पूजा गरेर मात्र जानुपर्ने धार्मिक मान्यतालाई स्थापित गर्ने, खेलकुद राजधानी, कृषक बैंक स्थापना गर्नेजस्ता योजना रहेको उनको भनाइ छ ।

‘यी योजना मात्रै होइन कार्यान्वयन गर्ने प्रतिबद्धता हो’, एमालेका उम्मेदवार न्यौपानेले भने ‘मैले पाँच वर्षमा पूरा हुन नसक्ने कुनै पनि योजना ल्याएको छैन, यी सबै काम पूरा गरेर मात्रै अघि बढने बाचा गरेको छु, पूरा गर्छु ।’

एमाले उम्मेदवार न्यौपानेले अबको पुस्ताले पनि काम नगर्ने हो भने सधैँका लागि जनताबाट बहिस्कार हुनुपर्ने तर्क अघि सार्दे टीकापुरलाई मुलुकै नमूना शहर बनाएर आन्तरिक बाह्य पर्यटकहरु भित्र्याउने बताए ।

उनका अनुसार कर्णालीका आएको बाढीले सयौँ विघा खेतको बाली नष्ट हुनको साथै बर्षेनी हजारौ मानिसहरू डुवानले गर्दा विस्थापित हुने गरेका छन् ।

त्यहीँ कर्णालीको डुवानबाट बचाउन र बालीनाली नष्ट हुन नदिनका लागि आफूले कर्णाली करिडोरको अवधारणा चुनावमा ल्याएको बताएका छन् । कर्णाली चिसापानीदेखि सत्ति चौगुर्दीसम्मको ३८ किलोमिटर क्षेत्रलाई वैज्ञानिक तटबन्धन गर्नुपर्ने भन्दै न्यौपानेले आफ्नो चुनावी एजेण्डा बनाएको बताएका छन् ।

सो तटबन्धनबाट करिव पाँच लाख जनताको जिउधनको सुरक्षाको योजना हुन्छ । त्यस्तै करिडोरबाट जलमार्ग पर्यटनको रुपमा प्रवर्दन गरी रोजगारी सिर्जना गर्नुपर्ने, पदम प्रकाशेश्वर मन्दिरलाई मानसरोवरको पहिलो विन्दु बनाउने, सत्तिमा रहेको पदम प्रकाशेश्वर महादेवको मन्दिरमा भारत महाद्धिपबाट ८८ हजार ऋषिमुनि कैलाशयात्राको क्रममा यज्ञ गरेको स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गराउने योजना न्यौपानेले अघि सारेका छन् ।

यस क्षेत्रमा कांग्रेसबाट रणबहादुर रावल र नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर चौधरी उम्मेदवार छन् । स्थानीय तहको मत परिणामअनुसार कैलालीमा एमाले तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?