
१ मंसिर, जुम्ला । जुम्लामा निर्वाचन कर्मचारी चढेको जीप दुर्घटनामा परेको छ ।
जुम्लाको तिला गाउँपालिका-४ स्थित रावतवाडामा ताम्ति मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले बताए ।
डीएसपी चन्दका अनुसार दुर्घटना परी घाइते भएकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि लगिएको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केशरीका अनुसार ताम्ति मतदान केन्द्रमा जादै गरेको निर्वाचन टोली चढेको गाडी दुर्घटनामा परेको जानकारी दिइन् ।
प्रजिअ केशरीका अनुसार दुर्घटनाको प्रारम्भिक जानकारी अनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी गम्भीर घाइते भएका छन् ।
यसका साथै सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने र एकजना प्रहरी सामान्य घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ ।
प्रहरीका अनुसार निर्वाचन सामग्री भने सुरक्षित गरिएको छ । तातोपानी गाउँपालिका ७ जनजागृति मावि ताम्तिमा मतदान अधिकृत हरि प्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपानेसहितको ८ जनाको टोली खटिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
प्रतिक्रिया 4