+

नेपाल र यूएईबीचको अन्तिम एक दिवसीय खेल आज

२०७९ मंसिर  २ गते ६:५१ २०७९ मंसिर २ गते ६:५१
नेपाल र यूएईबीचको अन्तिम एक दिवसीय खेल आज

२ मंसिर, काठमाडौं । नेपालले यूएईसँगको तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेल आज खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ ।

बुधवार भएको दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो । यो परिणामसँगै श्रृंखलामा एक/एकको बराबरी भएको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।

घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जित्नका लागि नेपाल उच्च मनोबलका साथ मैदान उत्रिंदैछ ।

क्रिकेट नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय