+
+

विराटनगरमा शंकास्पद वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ३ गते १०:३५

३ मंसिर, विराटनगर । निर्वाचनको अघिल्लो दिन आज शनिबार विराटनगरमा शंकास्पद बस्तु फेला परेको छ ।

शनिबार बिहान विराटनगर महानगरपालिका-३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । सडकको छेउमा बिहान साढे ६ बजे शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाउँदै प्रहरीले घटनास्थलाई सुरक्षित राखेर उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?