
५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रारम्भिक अग्रता लिएको छ । राप्रपा उम्मेदवार भरतबहादुर खड्का ३५९ मत सहित अगाडि छन् । उनलाई नेकपा एमालेका नवराज गेलालले ३५६ मतसहित पछ्याइरहेका छन् ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २९२ र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका छन् ।
मतगणना चाँगुनारायण नगरपालिकाका केन्द्रबाट मतगणना सुरु गरिएको छ । चाँगुनारायणका केही क्षेत्रमा राप्रपाको मत बलियो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4