+
+

दाङ-२ मा शंकर पोखरेल पछाडि, एमाले भन्छ- प्रभाव क्षेत्र आउनै बाँकी छ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १७:२५

५ मंसिर, काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् ।

२ हजार ७८० मत गणना हुँदा एमालेका महासचिव पोखरेल शर्मा भन्दा ६०४ मतले पछाडि परेका छन् । सत्ता गठबन्धन दलको समर्थन पाएकी रेखाले १ हजार ४५० ल्याउँदा पोखरेलले ८४६ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याएका छन् ।

यो क्षेत्रमा हाल बगलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिका वडा नम्बर १५ र १९ को मतगणना भइरहेको छ । स्थानीय तहको निर्वाचनमा पनि यो क्षेत्रमा सत्तारुढ गठबन्धनमा रहेका दलका उम्मेदवारले जितेका थिए ।

नेकपा एमालेका जिल्ला प्रचार विभागका संयोजक सविन प्रियासनले सत्ता गठबन्धन दलको प्रभाव रहेको क्षेत्रबाट मतगणना सुरु भएकाले महासचिव पोखरेल पछाडि परेको बताए । उनले एमालेको प्रभाव क्षेत्रहरुमा गणना हुन बाँकी भएकाले अहिले नै हतार गर्न नहुने बताए ।

‘एमालेको प्रभाव भएका क्षेत्रमा मतगणना हुँन बाँकी छ,’ उनले भने, ‘बाँकी वडाहरुमा एमालले नै लिड गर्छ ।’ अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको भन्दै महासचिव पोखरेलले भारी मतले जित निकाल्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?