+
+

सुर्खेत २ बाट कांग्रेसका हृदयराम थानी निर्वाचित

यज्ञ खत्री यज्ञ खत्री
२०७९ मंसिर ७ गते ८:०१

७ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी भएका छन् ।

कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ आएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे । एमालेका बीसीले २९ हजार ५५८ मत प्राप्त गरे ।

थानीले योसँगै तीन पटक संसदीय निर्वाचनमा जित निकालेका छन् । ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित भएका थिए । हारको बदला यो पटक थानीले गठबन्धनको बलमा लिएका छन् । ०७४ मा रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार ६४६ मत प्राप्त गरेका थिए ।

थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?